Logo
१२ बैशाख २०८१, बुधबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । ६ दिने चीन भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशमा नभएकाले तेश्रो बरियताका नेता नेपालले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री तथा नेकपाको संसदीय दलका नेता ओलीले संसदीय दलको नेताको जिम्मेवारी उप नेता सुवासचन्द्र नेम्बाङ्गलाई दिएका छन् । आफ्नो अनुपस्थितिमा संसदीय दलको जिम्मेवारी सम्हाल्नेगरि नेम्बाङ्गलाई जिम्मेवारी दिनुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्