Logo
८ बैशाख २०८१, शनिबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘रेस ३’ ले प्रदर्शनको मात्र तीन दिनमा कमायो सय करोड

फेरि एकपटक बलिउड सुपरस्टार सलमान खानले आफूलाई भारतीय बक्सअफिसको किंग साबित गरेका छन् । ‘रेस ३’ को सानदार सुरुवातसँगै फिल्मप्रतिको क्रेज अझै बढिरहेको छ । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोडको झन्डा फहराएको छ ।

सय करोड रुपैयाँको कमाईको आँकडा पार गरेर ‘रेस ३’ वर्षको दोस्रो टप विकेन्ड ओपनर फिल्म बनेको छ । यो लिस्टको पहिलो नम्बरमा पद्मावतु छ । ‘रेस ३’ ले भारतीय बक्सअफिसबाट विकेन्डमा १ सय ६ करोड ४७ लाख कमाउन सफल भएको छ ।

फिल्मले पहिलो दिन २९ करोड १७ लाख, दोस्रो अर्थात् ईदको दिन ३८ करोड १४ लाख र तेस्रो दिन ३९ करोड १६ लाख कलेक्सन गरेको छ । ‘रेस ३’ तीन दिनमा सय करोड क्लबमा ईन्ट्री हुने सलमानको चौथो फिल्म बनेको छ । यसभन्दा पहिला यो लिस्टमा ुबजरंगी भाईजान, सुल्तान, ट्यूबलाइट, टाइगर जिन्दा हेु सामेल छन् ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, ‘रेस ३’ ईदमा रिलिज भएका सलमानको अहिलेसम्मकै दोस्रो सबैभन्दा ठूलो विकेन्ड ओपनर फिल्म बनेको छ । उक्त फिल्मले यो रेसमा एक था टाइगरको विकेन्ड कलेक्सन सय करोडलाई समेत पछाडि छाडेको छ ।

पहिलो विकेन्डमा राम्रो कलेक्सन गर्न सफल ‘रेस ३’ ले अब बक्सअफिसमा निकै ठूलो च्यालेञ्जको सामना गर्नुपर्ने छ । वर्ड अफ माउथ ुझुरु रहेका कारण यो फिल्म विक डेजमा कमाई गर्न सफल हुन्छ वा हुँदैन यो हेर्न बाँकी छ ।

आउने हप्ता ‘रेस ३’ का लागि निकै महत्वपूर्ण छ किनकी २९ जूनमा यसको सामना रणबीर कपूरको मोस्ट अवे‍टेड फिल्म ुसञ्जूु सँग हुँदैछ । यस्तोमा अब ‘रेस ३’ को लाइफटाइम कलेक्सन २ सय वा ३ सय करोड कति हुनेछ त्यो भने समयले बताउनेछ ।

रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्