Logo
७ बैशाख २०८१, शुक्रबार
(June 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँचल शर्मा र सुशान्त खत्रीको रोमान्स (हेरौँ भिडियो)

काठमाण्डौँ : नायिका आँचल शर्मालाई सँधै एउटा आरोप लागिरहेको हुन्थ्यो कि उनले पल शाह बाहेक अरु कलाकारसँग म्यूजिक भिडियोमा अभिनय गर्दिनन् । तर त्यो आरोप आजकल मत्थर हुँदै गईरहेको छ । आँचलले अहिले पल शाहसँग मात्र होइन अन्य कलाकारहरुसँग पनि अभिनय गरिरहेकी छन् ।

हालै मात्र शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियो सार्वजनिक भएको छ । विकास सुवेदी निर्देशित भिडियोमा आँचल शर्मा र सुशान्त खत्री फिचर्ड छन् । सुशान्त यसकारण पनि चर्चामा छन् जसले भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस २’मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका थिए ।

गीतमा शंकर थापा ‘स्माईल’को संगीत तथा प्रह्लाद शाहका शब्द छन् । पछिल्लो समयमा थुप्रै चर्चित गीतहरु बजारमा ल्याईरहेको डश म्यूजिकले व्यबस्थापन गरेको गीतका प्रस्तोता गीतकार प्रह्लाद शाह हुन् । गीतका संगीत संयोजक उदयराज पौडेल हुन् । भिडियोमा छायांकन अनिल के। मानन्धरको रहेको छ भने सम्पादन सुप्रिम पराजुली हुन् ।

प्रकाशित मिति: Jun 19, 2018

प्रतिक्रिया दिनुहोस्