Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमवार साँझ निधन

काठमाडौं : पित्तथैलीको क्यान्सरबाट पीडित वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमवार साँझ निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा उनको निधन भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

पित्तथैलीको क्यान्सर भएपछि बेलायतमा गएर लामो समय उपचार गर्दा पनि निको नहुने भएपछि देवकोटा स्वदेशमै देह तयाग गर्ने चाहना ब्यक्त गरेर आएका थिए । आफैंले स्थापना गरेको न्यूरो अस्पतालमा सघन उपचारमा रहेका देवकोटाले अन्तिम घडिमा आफू जन्मेको गोरखा जिल्ला स्थित लिगलिगमा पुर्याएर ल्याइएको थियो ।

देवकोटाको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने न्युरो अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

न्यूरो क्षेत्रमा देशकै अव्वल र अनुभवी मानिने देवकोटाको निधनले चिकित्सा क्षेत्रका एउटा धरोहर गुमाएको शुभचिन्तकले बताएका छन् ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्