Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान

भीमदत्तनगर : कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय भीमदत्तनगर सहित पाँचवटा इलाका प्रहरी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

प्रहरीको केन्द्रीय कार्यलयको नीति अनुसार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु दोधारा– चाँदनी, झलारी, बेल्डाँडी, बेलौरी र त्रिभुवन बस्तीमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए । जिल्लामा पहिलो पटक कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।

कार्यालयको प्रवेशद्वार, थुनुवा कक्ष र कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । ‘यसले कार्यसम्पादनमा थप सहजता थप्नेछ,’ प्रहरी प्रवक्ता सेटीले भ, ‘बजार क्षेत्रमासमेत क्यामेरा जडान गरिँदैछ ।’भीमदत्त नगरपालिकाले नगरक्षेत्रको १८ स्थानमा सिसिटिभी क्यामेरा जडानका लागि प्रक्रिया थालेको छ

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्