Logo
८ बैशाख २०८१, शनिबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तालिबानले युद्धविराम लम्ब्याउन मानेनन्

काबुल : अफगानिस्तान सरकारले घोषणा गरेको तालिवानसँगको युद्धविरामको समय शनिबार थप गरेको भए पनि तालिबानले भने युद्धविरामको समयावधि बढाउन नमानेको जनाइएको छ ।

उनीहरुले इदका लागि भन्दै तीनदिने युद्धविरामको घोषणा गरेका थिए । उनीहरुको युद्धविरामको समय आइतबार मध्यरातिसम्म रहेकोमा उनीहरुले उक्त समय लम्ब्याउन भने मानेनन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ गनिले भने टेलिभिजन सम्वोधनमार्फत् आइतबारदेखि तीन दिन युद्धविरामको समय बढाउनुभएको हो ।

उहाँले यो समय बढाएर मङ्गलबारसम्म पु¥याउनुभएको हो । यसैमार्फत उहाँले युद्धविराम गर्न तालिबान लडाकूलाई पनि आग्रह पनि गर्नुभएको थियो ।

तर तालिबानले भने सरकारको यो आह्वानको बेवास्ता गरेका छन् । उनीहरुको संगठनको आधिकारिक वेभसाइटमा तालिबानका तर्फबाट भनी राखिएको प्रेस विज्ञप्तिमा युद्धविरामको समय नलम्ब्याइएको बताइएको छ ।

मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व इद मनाउन सरकारले युद्धविराम घोषणा गरेको थियो । त्यसपछि उनीहरुलाई पनि युद्धविरामको घोषणा गर्न दवाव परेको थियो ।

तर अफगान अधिकारीहरुका अनुसार तालिबानले इदका लागि गरेको यो दुर्लभ युद्धविराम हो । यसअघि उनीहरुले यस पर्वमा कहिल्यै युद्धविराम गरेका थिएनन् ।

यसैविच अफगान सरकारले युद्धविरामको म्याद थपेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले स्वागत गर्नुभएको छ । साथै उहाँले तालिबानहरुलाई पनि युद्धविरामको समयावधि बढाउन आग्रह गर्नुभएको थियो ।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा अफगान नागरिकको शान्ति सुरक्षाका लागि तालिबानको तर्फबाट पनि युद्धविरामको घोषणा गर्न माग गरिएको छ ।

तर उहाँको सो आग्रह तालिबानहरुले भने नसुनेझैँ गरेका छन् । राजनीतिक प्रक्रियाबाट द्वन्द्वको अन्त्य गर्दै शान्ति स्थापनाको बाटोतर्फ लाग्न महासचिव गुथ्रेसले दुवै पक्षलाई आग्रह पनि गर्नुभएको छ ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्