Logo
८ बैशाख २०८१, शनिबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोलाप्रथाबाट राष्ट्रिय सभाका सदस्यहरुको पदावधि निर्धारण गरिंदै

काठमाडौं : राष्ट्रिय सभाका सदस्यह्ररुको पदावधि कायम गर्न सोमवार गोलाप्रथाबाट चयन प्रक्रिया शुरु भएको छ । गोलाप्रथाबाट पदावधि निर्धारण गर्न वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सोमवार विहान साढे ११ बजेबाट शुरु भएको छ ।

राष्ट्रिय सभाका ५९ जना सदस्यहरुको पदवधि निर्धारणका गर्नका लागि आइतवार पत्रकार सम्मेलन गरेर गोलाप्रथाको प्रक्रिया बारे राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिएका थिए ।

५९ सदस्यमध्ये राष्ट्रिय सभा सदस्यहरुको पदावधि गोलाप्रथाबाट १९ जनाको दुई, २० जनाको चार र २० जनाको छ वर्ष कायम हुने छ ।

गोलाप्रथाका लागि सांसदहरुलाई पारदर्शी बक्समा राखिएको २, ४ र ६ वर्ष लेखिएका गोलो पारिएको कागज निकाल्नु पर्ने छ । सांसदले आफूले निकालेको गोलामा जति लेखिएको हुन्छ उसको पदावधि पनि त्यति नै समयको लागि कायम भएको मानिनेछ ।

गोलाप्रथाको नतिजा केहि बेरमा नै सार्वजनिक गरिने राष्ट्रियसभा सचिवालयले बताएको छ ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्