Logo
१५ चैत्र २०८०, बिहीबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेक्सिकोले जर्मनीलाई १-० ले हरायो

काठमाडौं : पहिलो पटक कुनै पनि आधिकारिक प्रतियोगितामा जर्मनीलाई हराएको मेक्सीकोले नयाँ इतिहास रचेको छ ।

यति मात्र नभएर पछिल्ला ६ खेलबाट ५ औं विश्वकपमा खेलेका पहो खेलमा जित निकालेको छ। यता पहिलो खेलमा जित निकाल्न नसक्ने तेस्रो डिफेन्डिङ च्याम्पियन जर्मनी बन्यो । जर्मनीले विश्वकपमा आफ्नो पहिलो खेलमा हार बेहोरेको यो सन् १९८२ यताकै पहिलो हो ।

यसअघि सन् २०१० मा इटाली परागवेसँग १-१ को बराबरी खेल्न बाध्य भएको थियो भने सन् २०१४ मा मा स्पेन नेदरल्यान्डसँग ५-१ ले पराजित भएको थियो । समग्रमा मेक्सीकोले जर्मनीविरुद्ध दोस्रो पटक जीत निकाल्यो। यसअघि १९८५ मा मैत्रिपूर्ण खेलमा पहिलो जीत निकालेको थियो ।

जर्मनीविरुद्ध गोल गरेका हिरभिङ लोजानो विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने मेक्सीकन खेलाडी बनेका थिए। उनले चार गोल गरेका थिए । जर्मनीले खेलअवधिमा कूल २६ सट प्रहार गर्‍यो । कुनैपनि टिमले गोलविहिन सर्वाधिक धेरै सट प्रहार गरेको यो २००६ पछि पहिलो हो ।

सन् २००६ मा पोर्चुगलविरुद्ध इंग्ल्यान्डले २९ सट प्रहार गरे पनि गोल गर्न सकेको थिएन। मेक्सीकोले खेलेको १८ वटा विश्वकपका समूह चरणका खेलमा २ वटामा मात्र पराजय भोगेको छ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्