Logo
७ बैशाख २०८१, शुक्रबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बराबरीमा रोकिए ब्राजिल र स्वीट्जरल्यान्ड

ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।

खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए ।

प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरे ।

यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ईमा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्