Logo
१२ बैशाख २०८१, बुधबार
(June 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटनामा परी कम्बोडियालीका राजकुमार घाइते

नोम्पेन्ह : कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएका समाचार छ ।

उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले धक्का दिएको बताइएको छ । उनीहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहेको स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा थिए । आइतबार बिहान स्थानीय समयअनुसार ९ बजे उनीहरुको सवारीलाई धक्का दिएको थियो ।

राजकुमारको देब्रे हातमा चोट लागेको छ । उनीहरु दुवै जना खतरामुक्त हुन्छन् – उक्त प्रान्तका प्रहरी प्रमुख र उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सुरक्षा अधिकारीहरुले उनको सवारीसाधनलाई ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन्  ।

प्रकाशित मिति: Jun 17, 2018

प्रतिक्रिया दिनुहोस्