Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वामी आनन्द अरुणलाई जन्मदिनको शुभकामना दिन निखिल उप्रेती पुगे ओशो तपोवनमा

काठमाडौं : ओशो तपोवनका स्वामी आनन्द अरुण ७५ औं बर्षमा प्रवेश गरेका छन् । नागार्जुन स्थित ओशो तपोवनमा शनिबार स्वामी अरुण आनन्दको जन्मदिन मनाउन देश विदेशबाट ओशोका अनुयायीहरुको बाक्लो उपस्थिति रहेका थिए ।

स्वामी अरुणलाई जन्मदिनको शुभकामना दिन यस समारोहमा नेपाली फिल्म छेत्रका प्रसिद्ध कलाकार निखिल उप्रेती पनि ओशो तपोवनमा पुगेका थिए । फिल्मको साथ साथै अध्यात्मिक क्षेत्रमा पनि निकै सक्रिय एवं लगाव देखिएका निखिल उप्रेतीको अध्यात्मिक चिन्तन उनले केहि समय अगाडी दिएका अन्तर्वार्ताहरुबाट पनि झल्किएका छन् ।

केहि समय अगाडी फिल्म क्षेत्रमा बिश्राम लिए भनिएका उप्रेती फिल्मको साथ साथै अध्यात्मिक खोज एवं जिबन दर्शनका निम्ति सक्रिय रहेको देखिएका छन् ।

प्रकाशित मिति: Jun 17, 2018

प्रतिक्रिया दिनुहोस्