Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोजक राष्ट्र रुसले फुटबल जितेपछि रुसमा खुसियाली

मस्को : बिहीबार एक भव्य समारोहबीच विश्वकप फुटबल २०१८ सुरु भएको छ । विश्वकप फुटबलको पहिलो खेलमा नै आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो ।

रूसले साउदी अरेबियालाई शून्यका विरुद्ध पाँच गोलले पराजित गरेको छ । उद्घाटन समारोह रूसको राजधानी मस्कोमा रहेको लुझनिकी रङ्गशालामा भव्य रुपमा आयोजना गरिएको थियो । खेल हेर्न ठूलो सङ्ख्यामा दर्शक उपस्थित थिए ।

लुझनिकी रङ्गशालामा रुसी राष्ट्रपति भ्यालादिमिर पुटिनलगायत हजारौं मानिस उपस्थित भएका थिए ।

उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्षिप्त सम्बोधन गरी खेलमा आउने पाहुनासँगै खेलाडीहरूलाई स्वागत गर्नुभएको थियो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको सम्बोधनलगत्तै पहिला साउदी अरब र पछि रूसी समूहले राष्ट्रिय गान गाएपछि खेल शुरु भएको थियो ।

हालसम्मको विश्वकपको इतिहासमा कुनै पनि आयोजक राष्ट्र उदघाटन खेलमा हारेका छैनन् । तत्कालीन सोभियत संघ ९रुस० ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उद्घाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो ।

शुक्रबार प्राप्त समाचारमा जनाइएअनुसार यस पटकको विश्वकप आयोजक राष्ट्र रुसले पहिल्यै खेलमा विजय हासिल गरेपछि देशभरि खुसियाली छाएको छ ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्