Logo
१२ बैशाख २०८१, बुधबार
(June 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकताको समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्छ : भट्टराई

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले यसको जगमा समाजको रुपान्तरण र समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रमा नेता भट्टराईले कम्युनिष्टहरुबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताएका हुन् ।उनलेले भने, ‘विगतमा हामी मागहरु पेश गर्ने हैसियतमा थियौँ, आज माग पूरा गर्ने जिम्मेवारीमा छौँ । सबै जनता र राष्ट्रको अगुवाइको जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रो काँधमा छ ।’

नेकपाका स्थायी कमिटीका पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको बताउँदै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्माले चौतारी र प्रेस सेन्टर नेपालको एकता र सशक्तताका लागि शुभकामना दिए ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले दुई संगठनको एकताका लागि गठित कार्यदलको कार्यतालिकाअनुसार दुई संगठनको चाँडै एकता हुने जानकारी दिए । चौतारीसँग एकताका लागि शुक्रबार बिहान सेन्टर केन्द्रीय कमिटीको बैठक बस्ने र दिउँसो संयुक्त भेला गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Jun 14, 2018

प्रतिक्रिया दिनुहोस्