Logo
८ बैशाख २०८१, शनिबार
(June 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देओल फेमिलीको नयाँ फिल्म ‘यमला पगला दीवाना’ ‘फिर से’ को टीजर सार्वजनिक

एजेन्सी : देओल फेमिलीको नयाँ फिल्म ‘यमला पगला दीवाना’ ‘फिर से’ को टीजर सार्वजनिक भएको छ । ईदको अवसरमा फिल्मको कमेडीले भरिएको टीजर सार्वजनिक गरिएको हो । टीजरमा धर्मेन्द्र, सनी र बबी देओलसँगै एक झलक सलमान खानको पनि देख्न सकिन्छ ।

यो फिल्म धर्मेन्द्र, सनी र बबी देओलको हिट फ्रेन्चाईजको तेस्रो सिरिज हो । यो फिल्म १५ अगस्टमा रिलिज हुँदैछ । यदि रिलीज डेट फेरबदल भएन भने ‘यमला पगला दीवाना’ स् फिर से’ को अक्षय कुमारको फिल्म ‘गोल्ड’ र जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते’सँग भिडन्त हुनेछ ।

हालैमा फिल्म ‘रेस ३’ को ट्रेलरमा सलमान खान र बबी देओल सर्टलेस अन्दाजमा देखिएका थिए । अब फेरि ‘यमला पगला दीवाना’ को तेस्रो सिरिजमा यी दुई सँगै देखिनेछन् । टीजरमा यी दुईको साथमा कुनै सिन सामेल नगरिएता पनि ट्रेलरमा दुई साथ देखिने विश्वास लिइएको छ ।

फिल्मको तेस्रो सिरिजमा धर्मेन्द्र, सनी र बबी गुजराती अवतारमा देखिनेछन् । फिल्मलाई निर्देशन नवनैत सिंहले गरेका हुन् । उनी पञ्जाबी फिल्मका चर्चित निर्देशक हुन् । उनको निर्देशनमा ‘यमला पगला दिवाना ३’ पहिलो बलिउड फिल्म हो ।

प्रकाशित मिति: Jun 14, 2018

प्रतिक्रिया दिनुहोस्