Logo
७ बैशाख २०८१, शुक्रबार
(June 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि विश्वकप फुटबल : उद्घाटनमा आयोजक राष्ट्र रसिया र साउदी अरेबिया भिड्दै

रुस : २१औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि रसियामा सुरु हुंदै छ । उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कार्यक्रम राखिएका छन् ।

आज हुने उद्घाटन खेलमा आयोजक राष्ट्र रसिया र साउदी अरेबियाबीच मस्कोको लुज्निकी रंगशालामा हुने छ । उद्घाटन सत्रमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ ।

आधा घन्टासम्म विभिन्न् साङ्गितिक कार्यक्रमका साथ चल्ने उद्घाटन समारोह नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने बताईएको छ । उद्घाटन खेल रसिया र साउदी अरेबियाबीच ८ बजेर ४५ मिनेटमा सुरु हुने खेल तालिका छ ।

एक महीनासम्म चल्ने विश्वकप १५ जुलाईमा समापन हुनेछ । प्रत्येक ४–४ वर्षमा आयोजना हुने विश्वकप खेलको आगामी संस्करण सन् २०२२ मा कतारले आयोजना गर्दैछ । एजेन्सी

प्रकाशित मिति: Jun 14, 2018

प्रतिक्रिया दिनुहोस्