Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युगाण्डामा भएको सडक दुर्घटनामा ११ को मृत्यु

कम्पला : युगाण्डामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

युगाण्डाको किर्यान्डोङगो जिल्लामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

यहाँको एक स्थानीय प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ ।

युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिनुभयो ।

पूर्वीअफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि हजारौँको मृत्यु हुने गरेको पाइन्छ ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्