Logo
६ बैशाख २०८१, बिहीबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३८ मिनेटको ऐतिहासिक वार्तापछि संयुक्त दस्तावेजमा ट्रम्प र उनको हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् ।ऐतिहासिक वार्तापछि हस्ताक्षर गरिएको दस्तावेजमा के छ भन्ने कुरा खुलाइएको छैन ।

ट्रम्प र किमबीच सिंगापुरको सान्तोसा आइल्याण्डस्थित होटलमा भेटवार्ता भएको हो । दुई नेताबीच ३८ मिनेट वार्ता भएको थियो । वार्तामा दुई जना नेता र उनीहरुका ट्रान्सलेटर मात्रै थिए । अमेरिकी राष्ट्रपतिले वार्तामा उत्कृष्ट सम्बन्ध भएको बताए ।

संयुक्त दस्तावेज हस्ताक्षर गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले निकै राम्रो कुराकानी भएको बताए । कोरियासँगको सम्वन्ध विगतभन्दा अर्को अवस्थामा पुगेको उनले बताए ।

दस्तावेजमा हस्ताक्षरपछि दुवै नेताले हात मिलाए । फोटो सेसनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम निकै चलाख भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई सिंगापुरमा भव्य रुपमा सिंगारिएको वार्तास्थलमा भेटेका हुन् ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्