Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकृतिले कब्जा गरेको एक अनौठो हरितगाउँ

चीनको पूर्वी क्षेत्रमा रहेको झेजियांग प्रान्तस्थित शेंगशान टापु । सोही टापुमा छ, हुटोवान नामक एउटा गाउँ । यो गाउँको दृश्य कुनै हलिउड फिल्मको भुताहा गाउँको दृश्य भन्दा कम छैन ।

कुनै समय ५ सय घर रहेको र थुप्रै जनसंख्या रहेको यो गाउँमा निकै चहलपहल हुन्थ्यो । दुई हजार भन्दा धेरै माझी परिवार बस्दथे । तर यो टापु यति टाढा छ कि सडकले छोएको अर्को भूभागमा जान आउन निकै सकस छ । त्यसैले शिक्षा, स्वास्थ्य तथा जिविकोपार्जनका सरसामान ल्याउन समेत कठिनाई महसुस गर्दै मानिसहरु बसाइँ सर्न थाले ।

हरियो गाउँ तथा लहराहरुले गाउँका सबै भवनहरुमा कब्जा जमाएको छ । अर्थात् गाउँका सबै घरहरु हरिया छन्, कुनै खण्डहरमा वर्षौँपछि रुखविरुवा पलाएको जस्तो । समाचार एजेन्सी एएफपीका एकजना फोटो पत्रकारले उक्त क्षेत्रको भ्रमण गरी त्यहाँका आकर्षक तस्वीरहरु क्यामरामा कैद गरे ।

सन् १९९० को दशकदेखि यहाँबाट बसाइँ सराइँ सुरु भएको हो । चार वर्षको अवधिमा लगभग सबैजसो गाउँलेहरु गाउँ छाडेर निस्के । अहिले त्यहाँ औँलामा गन्न सकिने मानिसहरुमात्र गाउँमा बस्ने गरेका छन् ।

मानिसहरुले छाडेसँगै गाउँलाई प्रकृतिले कब्जा गर्यो । यत्रतत्र रुखविरुवा, लहरा तथा घाँसहरु पलाउन थाल्यो र घरहरुलाई पनि लहराहरुले छोप्यो । जसका कारण यो हरितगाउँ बनेको छ अनि पर्यटकको आकर्षणको केन्द्र बन्दैछ ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्