Logo
११ बैशाख २०८१, मंगलबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अम्बिका शर्माद्धारा रचित गीत ‘तिम्रो मायामा’ सार्वजनिक

काठमाडौ : प्रभु बैंक लिमिटेडकी निर्देशक अम्बिका शर्मा लामिछाने सामाजिक र व्यवसायिक क्षेत्रमा सक्रीय रहेकी छिन् । यस बाहेक उनी कला क्षेत्रमा कलम चलाउन रुचि राख्छिन् । केही महिना अगावै उनले चलचित्र म यस्तो गीत गाउछुुुु को गीत ‘किन आजकाल तिम्रो मन मौइलो भो’ लेखेकी थिइन् ।

गीत सार्वजनीक भएपछि निकै चर्चामा आएको थियो । करौडौ जनताले मन पाराएको उक्त गीतको रचयिता शर्मा पेशाले बैंकर तथा समाजसेवीको रुपमा परिचित छिन् । उनले अहिले सम्म लेखेका गीतहरु निकै चर्चीत भईसकेका छन् ।
अम्बिका शर्माको हालसालै चलचित्र ड्रिम ग्रलको एउटा गीत सार्वजनिक भएको छ । उनले चलचित्र ड्रिम ग्रल को गीत ‘तिम्रो मायामा’ लेखेकि हुन् ।

असोज १९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘ड्रिम गर्ल’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘तिम्रो मायामा’ बोलको गीतमा अभिनेत्री आश्मा गिरी र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको छ । अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेल र अम्बिका शर्माको शब्द रहेको छ ।

निर्देशक ऋषिराज आचार्य निर्देशित प्रेमकथानक फिल्म ‘ड्रिम गर्ल’ मा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले पनि अभिनय गरेका छन् ।किन आजकाल तिम्रो मन मौइलो भो गीतको रचना गर्दा उनले आधुनिक जवानाका प्रेमीहरुको सानो सानो कुरामा शंका गर्ने , कुरै न बुझी रिसाउने ,सम्बन्धलाई बिचमै तोडने जस्ता कृयाकलापहरुलाई समेटेकी छिन् । सुदर्शन थापा प्रोड्रक्सनले निर्माण गरेको म यस्तो गित गाउँछु एक सफल चलचित्र हो ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्