Logo
११ बैशाख २०८१, मंगलबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असार २९ गते रिलिज हुने चलचित्र ‘विराङ्गना’ को नयाँ गीत सार्वजनिक(भिडियो सहित)

काठमाण्डौँ : चलचित्र ‘विराङ्गना’को नयाँ गीत ‘तिम्रो हाम्रो मायामा’ सार्वजनिक भएको छ । असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गनाको उक्त गीतमा दिपक शर्माको संगीत, रघु परियारको शब्द, कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको यो भिडियोलाई रामेश्वर कार्कीले खिचेका हुन् । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइलाई फिचरिङ गरिएको छ । चलचित्रमा अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् ।

राजबहादुर सानेको निर्देशनमा निर्मीत यो चलचित्रमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टको लगानी छ । यो चलचित्रले सशस्त्र प्रहरी महिलाको विरताको कथालाई उठान गरेको छ । नायिका शिल्पा पोखरेललाई दर्शकले एक्सन अवतारमा रुचाउँदै आएका छन् । यो चलचित्रमा उनले घोडा र बाँदरको साथमा एक्सन गरेकी छिन् । यसैले, शिल्पा दर्शकले यो पटक पनि आफ्नो एक्सन अवतारलाई रुचाउनेमा विश्वस्त छिन् ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्