Logo
७ बैशाख २०८१, शुक्रबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालबाट निर्यात हुने गरेको पोल्ट्री उत्पादनमा साउदी अरब सरकारले लगायो प्रतिबन्ध

काठमाडौं : नेपालबाट साउदी अरबमा निर्यात हुने गरेको पोल्ट्री उत्पादनमा साउदी अरब सरकारले प्रतिबन्ध लगाएको छ । नेपालमा बर्ड फ्लु भेटिएको लगातार खबर आइराख्दा साउदी अरबको वातावरण मन्त्रालयले नेपालबाट अण्डा, कुखुरा तथा यसको मासु जस्ता पदार्थमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । नेपालमा चितवन, काभ्रेस्थली र ललितपुरमा बर्डफ्लु भेटिएपछि नेपालमै पनि यो रोग विरुद्ध उच्च सतर्कता अपनाइएको जानकारी दिइएको छ ।

साउदी अरबको वातावरण मन्त्रालय अन्तर्गतको पशुधन जोखिम मुल्यांकन विभागका महानिर्देशक डा सनद अल–हार्बीले उक्त निर्णय भएको पुष्टी गरेका छन् । उनका अनुसार साउदीमा यो रोगको महामारी फैलन नदिने उद्देश्यले यो कदम चालिएको बताइएको छ ।

बर्डफ्लु रोग आयरल्याण्डमा १९८३ तिरै भेटिएको भएतापनि हाल यो रोग विश्वका विभिन्न मुलुकमा फैलिइ सकेको छ । यो रोग पक्षी मार्फत् मानिसमा पनि सर्ने गर्दछ ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्