Logo
१२ बैशाख २०८१, बुधबार
(June 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो नयाँ फिल्म ‘रेस ३’ हेर्नका लागि सलमान खानले गरे नेपाली दर्शकलाई आग्रह

काठमाडौं : बलिउड सुपरस्टार सलमान खानले आफ्नो नयाँ फिल्म ‘रेस ३’ हेर्नका लागि नेपाली दर्शकलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै यस्तो अग्रह गरेका हुन्।

नेपाली दर्शकमाझ निकै रुचाइएका अभिनेता सलमानका अधिकांश फिल्मले नेपाली हलमा करोडौंको व्यापार गर्ने गरेका छन्।भिडियोमा नेपाललाई सम्बोधन गर्दै आउन लागेको इद पर्वको शुभकामनासहित फिल्म रेस ३ हेर्न उनले आग्रह गरेका हुन्।

सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ को नेपाल प्रदर्शन अधिकार भने गोपीकृष्ण मुभिजले लिएको छ। यही जुन १५ बाट प्रदर्शनमा आउने रेस ३ नेपालमा पनि सोलो रिलिजको तयारीमा छ।

प्रकाशित मिति: Jun 11, 2018

प्रतिक्रिया दिनुहोस्