Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऐतिहासिक शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा

उत्तर कोरियाली नेता किम जङ-अन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन्।

उनलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालकृष्णनले स्वागत गरेका थिए र उनले किमसँगको एउटा तस्वीर सामाजिक सञ्जाल ट्विटरमा राखेका छन्। राष्ट्रपति ट्रम्प पनि शिखर बैठकका लागि त्यसतर्फ गइरहेका छन्।

ट्रम्पले किमसँगको शिखर वार्ता शान्तिका लागि ुएक पटकको प्रयासु हुने बताएका छन्। आफ्ना वरिष्ठ सहयोगी र सुरक्षा गार्डहरूसहित किम सिंगापुर पुगेको समाचारमा जनाइएको छ।बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको यो पहिलो पटक हुनेछ।यसअघि ट्रम्पले वार्ताबाट केही हुने अथवा नहुने कुरा आफूले एक मिनेटभित्रै थाहा पाइहाल्ने बताएका थिए।वाशिङटन उत्तर कोरियालाई निश्शस्त्रीकरणका लागि सहमत गराउन खोजिरहेको छ।

सोलस्थित बीबीसी संवाददाता भन्छन्, सीमा वारिपारि बस्ने दुई कोरियाका नागरिकहरू दुर्लभ शिखर वार्ताले करिब ७० वर्षदेखि हुन नसकेको शान्ति सम्झौताका लागि कम गर्न अग्रसर गराउने विश्वास लिएका छन्।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्