Logo
७ बैशाख २०८१, शुक्रबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहसम्ममा प्रहरी संयन्त्र पुर्‍याउन ३ हजार १ सय १ दरबन्दी थप

काठमाडौँ : आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको एआईजीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । संघीय प्रहरी ऐनको मस्यौदा निर्माण गरिरहेको गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ एआईजी राख्ने प्रस्ताव गरे पनि बैठकले एआईजीको संख्या घटाएको हो।

सरकार प्रवक्ता एवं सञ्चार ताथ सूचना प्रविधि मन्त्री गोकुल वाँस्कोटाका अनुसार अब नेपाल प्रहरीमा ३ जना मात्रै एआईजी रहने छन् भने सशस्त्रमा भने २ जना मात्रै रहने छन् । यस्तै गृह मन्त्रालयले सशस्त्रमा तीनजना एआईजीको प्रस्ताव गरे पनि मन्त्रिपरिषद बैठकले त्यसको संख्यालाई पनि घटाउँदै २ मा झारेको छ।

यसैगरी नेपालको संघीय संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गर्ने निर्णयसमेत मन्त्रिपरिषदले बैठकले गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले ३ हजार १ सय १ दरबन्दी थप गरेको छ। थप गर्न लागिएको दरबन्दीमा १ एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन् ।

हरेक स्थानीय तहसम्ममा प्रहरी संयन्त्र पुर्‍याउनका लागि दरबन्दी थप गरिएको हो। यस्तै, नयाँ जिल्लाहरु पूर्वी नवलपरासी र पूर्वि रुकुममा पनि दरबन्दी स्वीकृत भएको छ।

 

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्