Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से परिसूचक १ दशलमव २९ प्रतिशतले लाग्यो ओरालो

काठमाडौं : आइतवार नेप्से परिसूचक १ दशलमव २९ प्रतिशत घटेको छ । २ घण्टाको व्यापारमा परिसूचक १६ दशमलव २५ अङ्क घटेर १ हजार २ सय ४० दशमलव ८२ विन्दुमा पुगेको छ ।कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । यस व्यापार अवधिमा १ सय ३४ कम्पनीको २ हजार १ सय ७१ पटकको व्यापारमा रू। १३ करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ ।

बैङ्किङ समूहको परिसूचक १ दशमलव ४९ प्रतिशत, बीमाको १ दशमलव ४३, जलविद्युतको १ दशमलव ३४, लघुवित्तको १ दशमलव १३ र होटलको १ दशमलव शून्य ८ प्रतिशत घटेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ७७, वित्त कम्पनीको शून्य दशमलव ३१ र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत घटेको हो ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्