Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्लफ्रेन्डको सम्झनामा एक युवकले विषालु गोमन सर्पसँग गरे बिहे

 एजेन्सी : सिंगापुरमा  एक युवकले विषालु गोमन सर्पसँग बिहे गरेका छन् । तर उनले सर्पसँग बिहे गर्नुको कारण निकै अनौठो तथा दर्दनाक छ ।

ती युवकले घरमा उक्त सर्प पालेका थिए । सर्पसँग उनको लगाव धेरै थियो र सँगै खाने, घुमफिर गर्ने, खेल्ने काम गर्दथे । सर्पसँगको सम्बन्ध यति आत्मीय बन्यो कि अन्ततः उनले बिहे नै गरे । ती युवकका अनुसार उनकी एक प्रेमिका थिइन्, जसको ५ वर्षअघि मृत्यु भएको थियो । उनले निकै प्रेम गर्दथे प्रेमिकालाई ।

अनि उनले त्यहीँ सर्पसँग बिहे गरे । १० फुट लामो गोमन साँप देख्दा मानिस तर्सिन्छन् । तर ती युवक चाहीँ सँगै खाने, सुत्ने, घुमफिर गर्ने, खेल्ने गर्दछन् । कतै पिकनिक जाँदा पनि सर्पलाई लिएर जान्छन् ।

यो निके विषालु जातको सर्प भएप्नि ती युवकलाई कहिल्यैपनि डसेको छैन । ती युवक बौद्ध धर्माबलम्बी भएको र पुनर्जन्ममा विश्वास गर्ने भएकाले सर्पलाई आफ्नी प्रेमिकाको पुनर्जन्मको रुपमा लिएको बताइएको छ ।

प्रेमिकाको मृत्युपछि सर्पसँग उनको प्रेम र लगाव यसरी बस्यो की उनले सोँचे मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकी छिन् ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्