Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवौँ कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ : काठमाडौं र ललितपुरका विभिन्न कलेजबाट अर्कैको नाममा परीक्षा दिने पक्राउ परेका छन् । नवौँ कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उक्त जानकारी निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार २६ गते शनिबार भएको परीक्षामा ह्वाइट हाउस कलेज खुमलटारमा ६ जना, जेभिएर कलेज कालोपुलमा ३ जना, भिएस निकेतनमा १२ जना, गोल्डेन गेट कलेजमा २ जना, जेभियर कलेज वौद्धमा १४ जना पक्राउ परेका छन् ।

यस्तै ट्रिनिटी कलेज डिल्लीबजारमा २ जना, टाइम्स कलेजमा ६ जना, पिनाकल एकेडमीमा २ जना, नोवेल एकेडेमीमा ५ जना, युनिभर्सल कलेजमा ३ जना, रेडियन रिडर्स, मोलिस र नाइटेङ्गल कलेजमा १र१ जना पक्राउ परेका हुन् । पोखरामा भने नक्कली परीक्षार्थी भेटिएको छैन । आइतबार पनि परीक्षा सञ्चालन भैरहेको छ ।

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्