Logo
१५ चैत्र २०८०, बिहीबार
(June 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनै तहका सरकारबीच कुनै बिवाद रहने छैन : प्रधानमन्त्री

विराटनगर : प्रधानमन्त्री केपी ओलीले अहिले तीनै तहका सरकारबीच विवाद नरहेको बताएका छन् । शनिबार प्रदेश १ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबीच विवाद रहेको अफवाह फैलाउन लागेको भन्दै त्यसको बचाउ गरेका हुन् ।

‘यो देश एउटै छ, यो देशमा एउटै सरकार छ,’ प्रम ओलीले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच कुनै विवाद छैन् यसमा कसैलाई भ्रम छ भने आजैबाट त्यागे हुन्छ।’ पौने दुई घण्टा लामो भाषणको अधिकांश समय प्रदेश १ का विकासका सम्भावना बारे खर्चिएका प्रधानमन्त्री ओलीले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न प्रदेश सांसदलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार आफुले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै भ्रष्टाचर गर्नेलाई अनुहार हेरेका भरमा छुट नहुने बताए। प्रदेश १ लाई प्रकृतिले समेत माया गरेकाले यसलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उनको जोड थियो। ‘सगरमाथासहित ८ हजार मिटर भन्दा अग्ला ८ वटा हिमाल र सबैभन्दा होचो स्थान समेत यँही प्रदेशमा छ,’ उनले भने, ‘यसलाई चिनौं देशलाई चिनौ र आफुलाई पनि चिनौं।’

उनले भ्रष्टचारको विषयमा शून्य सहनशीलता अपनाउन कर्मचारी, प्रदेश सरकारलाई समेत आग्रह गरेका छन्। ‘हामी शासन गर्नका लागि नभइ सेवा, सुशासन र विकास गर्न आएका हौं यो कुरा सबैले बुझ्नु जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुन प्रदेश १ प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, उच्च सरकारी अधिकारी, उद्योगी व्यवसायीहरु समेत आएका थिए।

प्रकाशित मिति: Jun 9, 2018

प्रतिक्रिया दिनुहोस्