Logo
१३ बैशाख २०८१, बिहीबार
(June 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कमरेड प्रकाश’ लाई लेखिएको पत्रबाट खुलासा, माओवादीद्वारा मोदी हत्या योजना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजना बनेको सनसनीपूर्ण खुलासा भएको छ । भारतमा करिब ४ दशकदेखि सशस्त्र संघर्षको नेतृत्व गरिरहेको नक्सालवादी (भारतीय माओवादी) पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको हो ।

माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको योजना बनाएको प्रहरीले दाबी गरेको छ । महाराष्ट्रको पुणेमा प्रहरीले अदालतमो एक पत्र पेश गर्दै दाबी गरेको छ कि, माओवादीले प्रधानमन्त्री मोदीको ‘राजीव गान्धीको जस्तै गरी’ हत्याको योजना बनाएको थियो । पुणेको विशेष अदालतमा सरकारी वकिलले प्रहरीको पत्रलाई उद्धृत गर्दै यस्तो बताएका हुन् ।

भारतीय प्रहरीले गिरफ्तार गरिएका नक्सालवादी कार्यकर्ताहरुबाट भूमिगत रुपमै लेखिएको एउटा महत्वपूर्ण चिठी समेत बरामद गरेको र उक्त चिठीमा प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाइएको तथ्य फेला परेको दाबी गरेको छ । महाराष्ट्रको भीमा–कोरेगाउँमा गएको जनवरीमा भएको हिंसाको क्रममा पक्राउ परेका पाँचजनाबाट यस्तो जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

प्रधानमन्त्री मोदीको हत्याको योजनासहितको पत्र पक्राउ परेका अभियुक्त रोना ज्याकोब विल्सनको दिल्लीको मुनिरकामा रहेको फ्ल्याटबाट बरामद गरिएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार ‘कमरेड प्रकाश’ लाई सम्बोधन गरी लेखिएको पत्रमा बिहार र पश्चिम बंगालमा हारे पनि भारतीय जनता पार्टीले देशका अरु १५ भन्दा बढी राज्यमा जितेकोमा चिन्ता व्यक्त गरिएको छ।

पत्रमा भनिएको छ, ‘यदी यहि गति रह्यो भने पार्टीलाई सबैतिरबाट समस्या हुनेछ । मोदी राजको अन्त्य गर्नका लागि कमरेड किशन र केही अरु वरिष्ठ कमरेडले कडा कदम अर्थात ‘कंक्रिट स्पेप्स’ सुझाएका छन् । हामी राजीव गान्धी जस्तै अर्को एक घटनाका बारेमा सोचिरहेका छौँ ।’

पूर्व प्रधानमन्त्री राजीव गान्धीको सन् १९९१ के मे २१ म तमिलनाडुको श्रीपेरम्बदुरमा मानवीय बम अर्थात आत्मघाती बम आक्रमणमा हत्या भएको थियो । उनी त्यहाँ एक सभामा सहभागी हुन गएका थिए । प्रहरीको प्रतिवेदन आएपछि गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्रीको सुरक्षा व्यवस्थाको समीक्षा हुने बताएका छन् ।

प्रकाशित मिति: Jun 9, 2018

प्रतिक्रिया दिनुहोस्