Logo
१३ बैशाख २०८१, बिहीबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्पको शिर काटिदिए, तर पनि सर्पले डस्यो !

काठमाण्डौँ : अमेरिकाको टेक्ससमा एक अनौठो घटना भएको छ ।एक व्यक्तिलाई सर्पको काटिएको शिरले डसेको छ । सापको विषको असर हटाउनका लागि ति व्यक्तिलाई औषधिको २६ डोज दिइएको थियो ।

जेनिफर सटक्लिफले स्थानीय मिडियालाई बताए अनुसार उनका पति बगैचामा काम गरिरहेका थिए त्यसबेला उनले करिब पाँच फिट लामो सर्प देखे । सर्पलाई मार्नका लागि उनले सर्पको शिर जिउबाट अलग गरिदिए । जब उनी मरेको सर्पलाई फाल्न गए त्यति बेला  सर्पको काटिएको शिरले उनलाई डसेको थियो ।

सर्प मरेको कयौं घन्टासम्म उसको शिर जिउँदो रहन्छ र त्यसले डस्न सक्छ । जेनिफरका अनुसार सर्पले डसेपछि तत्काललै उनका पतिमा विषको असर देखा प¥यो । त्यसलगत्तै उनलाई अस्पताल लगियो ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्