Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने अब गायक पनि

काठमाडौं : चर्चित क्रिकेटर सन्दीप लामिछाने अब गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत आफ्नै अफिसल यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेका छन् । अब सन्दीप लामिछाने क्रिकेटर सगै गायक पनि बनेका छन् ।

सन्दीप लामिछाने स्वरमा सार्वजनिक ‘उदास थियो मेरो मन’ बोलको गीतमा विनोद तिमिल्सिनाको शब्द रहेको छ भने उनको आफ्नै कम्पोजिसन रहेको छ । यस अघि नै सार्वजनिक कार्यक्रममा गीत गाउदै सन्दीपले संगीतलाई आफ्नो दोस्रो सौख बताएका छन् ।

लमिछानेले यसै साता विश्व ११ टोलीका तर्फबाट लडर्समा वेस्टिन्डिजविरूद्ध विश्व चर्चित खेलाडीसंँग अन्तर्राष्ट्रिय टी–२० खेल खेल्ने मौका पाएका थिए ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्