Logo
१३ बैशाख २०८१, बिहीबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषालु सर्पले टोक्दा के गर्ने के नगरर्ने

एजेन्सी : गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन् । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन् । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन् ।

के गर्ने :
तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ । टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।

सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ ।

सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ । सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला ।

टोकेको समय पनि ख्याल गर्नुहोला । यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ ।

कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला ।

आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला ।

सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला ।

के नगर्ने :
सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला । सर्पले फेरि टोक्न सक्छ ।

टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला । सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ ।

टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला ।

टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला । बरु यसले विष चाँडो फैलन सहयोग गर्छ ।

टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला ।

एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला । यस्ता पेनकिलरले रगत पातलो बनाउँछ ।

टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्