Logo
४ बैशाख २०८१, मंगलबार
(June 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिम्बाको सुटिङको लागि सारालाई लिएर हैदरबाद पुगे रणवीर

एजेन्सी : रोहित शेट्टीको एक्शन कमेडी फिल्म ‘सिम्बा’को सुटिङको लागि अभिनेता रणवीर सिंह र अभिनेत्री सारा अली खान हैदरबाद पुगेका छन् । यी दुवै मुम्बईबाट जुन ५ तारिखका दिन हैदरवादको लागि निस्केका थिए । यो फिल्मको सुटिङ बुधबारबाट सुरु भएको छ ।

‘सिम्बाको सुटिङ हैदरबादको रामैजी सिटीमा हुँदैछ । यसै फिल्मबाट रणवीर र सारा अली खान ठुलो पर्दामा आउँदैछन् । रोहित शेट्टीसँग रणवीरको यो पहिलो प्रोजेक्ट हो । फिल्मको लागि रणवीर र सारा सँगै मुम्बई एयरपोर्टबाट हैदरवाद सवार भएका थिए यो फिल्मलाई रोहित शेट्टीले निर्देशन गरिरहेका छन् । यसै फिल्मको लागि रणवीर र साराले दुई महिनासम्म सुटिङ गर्नेछन् ।

प्रकाशित मिति: Jun 6, 2018

प्रतिक्रिया दिनुहोस्