Logo
४ बैशाख २०८१, मंगलबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको निर्णयविरुद्ध शेयर लगानीकर्ता आन्दोलित, कारोबार ठप्प

काठमाडौं, २२ जेठ : सरकारी निर्णयविरुद्ध शेयर लगानीकर्ता आन्दोलित भएका छन् । सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

मंगलबार बिहान १० : ३० बजे ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । सरकारले शुक्रबार राइट र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेको थियो । आन्दोलनसँगै शेयर कारोबार ठप्प छ ।

सरकारले सो निर्णय फिर्ता लिनुपर्ने शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम प्रसाद अर्यालको भनाइ छ । उनले भने‘यो विषयमा हिजो पनि सरकारसँग वार्ता भएको थियो आज पनि वार्ताको प्रतिक्षामा छौ, आशा छ वार्ता सकारात्मक हुने छ ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्