Logo
८ बैशाख २०८१, शनिबार
(June 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद

चौतारा : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १३ ठूलो सिरुबारीका बासिन्दाले फेसबुकमार्फत चन्दा संकलन गरी एम्बुलेन्स खरिद गरेका छन् ।

सदरमुकामबाट १९ किमीको दूरीमा रहेका सो वडाका बासिन्दा बिरामी परेमा साधनको अभावमा समयमै अस्पताल पुग्न नसकी उपचारबाट वञ्चित रहको थिए । साविक ठूलो सिरुबारी गाविस हुँदा नै दुई वर्षअघि प्रत्येक घरधुरीबाट रु ५०० का दरले उठेको रु छ लाख मौज्दात थियो । फेसबुकमार्फत संकलित रु सात लाख ५० हजार, नगरपालिकाबाट प्राप्त अनुदान रु दुई लाख र वडाबाट रु एक लाख गरी कूल रु १६ लाख संकलन भएकामारु १२ लाख ५३ हजारमा एम्बुलेन्स खरिद गरिएको छ ।

बाँकी रकम चालकको तलब, इन्धन तथा मर्मतका लागि खर्च गरिने वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए । सो एम्बुलेन्सको भाडा अन्यका लागि जिल्ला अस्पतालले निर्धारण गरे अनुसार र वडावासीलाई भने ५ प्रतिशत छुट दिइने वडाध्यक्ष गौतमले बताएका छन् ।

प्रकाशित मिति: Jun 5, 2018

प्रतिक्रिया दिनुहोस्