Logo
७ बैशाख २०८१, शुक्रबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलालाई बुट्टिक तालिमका नाममा हरिनगरामा नितिगत भष्टचार

सुनसरीको हरिनगर गाउँपालिकामा नितिगत भ्रष्टचार गरेको पाइएको छ । मानव अधिकार संरक्षण तथा महिला विकास केन्द्र नामक संस्थाले हरिनगर गाउँपालिका कार्यालयले महिलाहरुका लागि बुट्टिक कार्यक्रममा छुट्याएको ३ लाख ६० हजारको रकममा नितिगत भ्रष्टचार भएको पाइएको हो । हरिनगर गाउँपालिकामा सबै सरोकारवालाहरुले अनुगमन नगर्ने र मौन बस्दा संस्थाहरुले कार्यक्रमको नाममा नितिगत र व्यापक भष्टचार गरिरहेको गाउँपालिका स्थानीयहरुले बताउँछन् ।

उक्त संस्थाले महिलाहरुलाई बुट्टिक सिपमुल्क सम्वन्धि कार्यक्रम ५० जना बोलाएर वृहत तरिकाले कार्यक्रम गर्ने भनेर गाउँपालिका कार्यालय सँग सम्झौतागरेको थियो । तर संस्थाले गाउँपालिकासंग गरेको सम्झौता अनुसार कार्यक्रम नगरिएको पाइएको हो ।  सम्झौतापत्रमा सहभागीहरुलाई चिया, नस्ता, खान, पानी, यातायात खर्च लगाएतका उल्लेख गरेको छ ।

तर सहभागीहरुलाई कुनै किसिमको सेवा उपलब्ध नरहेको सहभागीहरुले गुनासो गरेको हो। र कार्यक्रम हलमा ताला बन्दी समेत गरेको सहभागी सपना मंडलले बताए । संस्थाले हरिनगरा ४ स्थित श्री हरिनगरा उच्च मा.वि. स्कुलको साँघुरो कक्षा कोठामा जेठ १५ गते मंगलबार देखि गरेको कार्यक्रममा ४२ जना मात्र बोलाएर ५० रुपैयाँ बराबरको खाजा, चियामा सिमित गरेको कार्यक्रममा सहभागि भएकी हरिनगर गाउँपालिका ५ नम्वर वडा घर भएको ममता उराँवले बताइन ।

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीका अनुसार केहि दिन अगाडी आफुले कार्यक्रम संयोजक दिल महमद मियाँलाई र संस्थाका अध्यक्ष सीता ठाकुरलाई यो कार्यक्रम वृहत तरिकाले प्रभावकारि ढंगबाट गर्नुपर्ने भनेर सल्लाह दिएपनी साँघुरो कोठामा गुपचुप ढंगबाट कागजमै सिमित हुँनेगरि कार्यक्रम गरेपछि राज्यको लगानी वालुवामा पानी हाले सरह भएको भन्दै आफु चकित भएको बताए ।

हरिनगर गाउँपालिकामा संचालन भइरहेका अन्य कार्यक्रमहरुमा समेत नितिगत भ्रष्टचार हुँन सक्ने हुँदा अनुगमन गरेर निगरानी बढाउनुपर्ने अन्सारीको भनाइ रहेको छ । हरिनगर गाउँपालिकामा संचालन भइरहेको सार्वजनिक सरोकारको धेरै कार्यक्रमहरुमा संचारकर्मीहरुलाइ समेत पत्तो नदिई आपसी मिलेमतोमा बजेट हिनामिना भइरहेको पछिल्लो घटनाक्रमहरुले पुष्टी गरेको छ ।

 

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्