Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनियमितताको आरोपमा मणिपाल शिक्षण अस्पतालका ४ कर्मचारी निष्कासीत

पोखरा : पोखराको मणिपाल शिक्षण अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीले अनियमितता गरेको आरोपमा ४ जना कर्मचारीलाई अस्पताल प्रशासनले जागिरबाट निष्कासन गरेपछि अस्पतालमा कार्यरत अन्य कर्मचारीले पुर्नवहालीको माग राख्दै आन्दोलनमा उत्रेका छन् । मणिपाल शिक्षण अस्पतालका कर्मचारीले मंगलबारबाट काम छाडेर आन्दोलनमा उत्रेपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा ठप्प भएको छ।

अस्पतालको फार्मेसीमा कार्यरत रमेश बोहरा, निलकण्ठ भट्टराई, टेकबहादुर विक र अल्पना ठाकुरलाई अस्पताल प्रशासनले फार्मेसीमा कार्यरत रहेर अनियमितता र संस्थाको हित विपरीत काम गरेको आरोपमा जागिरबाट निष्कासन गरेको अस्पताल प्रशासनले बताएको छ।

विभिन्न समयमा अस्पतालका कर्मचारीको हकहितका लागि आन्दोलनको नेतृत्व गरेका रमेश बोहरा लगायत कर्मचारीलाई निष्कासन गरेको बताउँदै पुर्नवाहालीको माग गरेका छन्। आन्दोलनरत कर्मचारीले भने अस्पताल प्रशासनले प्रतिशोधका कारण कर्मचारीलाई निष्कासन गरेको ओरोप लगाएका छन्।

प्रशासनमा गुनासो आएपछि छानविनको क्रममा चार जना कर्मचारी दोषी देखिएपछि अस्पताल प्रशासनले कर्मचारीलाई निष्कासन गरेको मणिपाल शिक्षण अस्पतालका डाइरेक्टर विजय सिंहले बताए। प्रशासनले निष्कासन गरेकामध्ये बोहरा विभिन्न समयमा कर्मचारीको पक्षमा आन्दोलनको नेतृत्व गर्दै आएका थिए। उनी आन्दोलनरत पक्षको तर्फबाट वार्ता समितिमा रहेर पनि काम गर्दै आएका छन्।बोहोराले आफू अस्पतालको कुनै कार्यकारी पदमा नरहेकोले हिनामिना गर्न नै नसक्ने बताउँदै अस्पतालले आफू लगायत साथीहरूलाई बिना कारण जागिरबाट निष्कासन गरेको सुनाए।कर्मचारी आन्दोनका कारण गाउँ(गाउँबाट उपचार गराउन आएका ओपीडीका बिरामी उपचारबाट बञ्चित भएका छन्। अस्पतालमा दैनिक ९ सय बढी बिरामी उपचारका लागि आउने गर्दछन्।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्