Logo
११ बैशाख २०८१, मंगलबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गोरे’लाई बिराटनगर पुर्‍याइयो, हातमा हतकडी भने थिएन

बिराटनगर ८ जेठ : बहुचर्चित सुन तस्करी प्रकरणका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ लाई बिराटनगर पुर्‍याइएको छ ।गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि उनलाई बिराटनगर लगिएको हो ।

यति एयरलाइन्सको विमानमार्फत उनीलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल अोर्लिएका थिए । त्यहाँ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले गोरेलार्इ प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो । गोरेलाई मंगलवारै जिल्ला अदालतमा पेश गरिनेछ । सातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन । तर जहाँजबाट उत्रिए लगतै उनलाई हत्कडी लगाइएको थियो । जहाजमा भने हथियार तथा अन्य हथियार जन्य सामाग्री बोक्न निषेध हुने गर्छ ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ ले तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत नाम लिएका छन् । प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेले प्रकरणमा प्रतिवादी बनाइएका ६५ जना बाहेक अन्य व्यक्तिको बारेमा समेत मुख खोलेको जनाएको हो ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक ईश्वरप्रसाद पौडेलले भने, ‘उप्रेतीसँग प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रवितादी बनाइएका ६५ जना अभियुक्तहरुको कसुरलाई पुष्ट्याइँ गर्ने प्रमाण र तथ्य दिएका छन् । त्यसबाहेक अन्य व्यक्तिहरुको पनि सूचना प्राप्त भएका छ ।’ ‘उप्रेतीबाट प्राप्त सूचनालाई हामीले सुक्ष्म अनुसन्धान र विश्लेषण गरिरहेका छौं’, पौडेलले भने । पक्राउ परेका गोरेलाई मंगलबारै जिल्ला अदालत, मोरङ पेश गर्ने तयारी गरिएको छ ।

‘उनको स्वास्थ्य परीक्षणपछि आजै बिराटनगर लगिनेछ’, समितिका एक सदस्यले भने । पौडेलले करिब ३८ क्वीन्टल सुन तस्करीको विषय अत्यन्त जटिल, गम्भीर र संगठित प्रकृतिको अनुसन्धान भएकाले गहिराइका साथ अनुसन्धान जारी राख्ने बताए । उनले अनुसन्धान जेरी जस्तै जेलिएको भन्दै हरेक जेरीलाई सेलरोटी जस्तो छुट्टयाउँदै जानु पर्ने भएको बताए ।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्