Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका दिल्ली लगिदै

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको रोग पहिचानका लागि बुधबार दिल्ली लैजाने तयारी गरिएको छ। त्यसका लागि सरकार, ग्रान्डी इन्टरनेशल हस्पिटल र मेदान्त अस्पतालका चिकित्सकबीच समन्वय भइरहेको छ। परिवारका अनुसार दिल्लीको मेदान्त अस्पतालमा राष्ट्रकवि घिमिरेको स्वास्थ्य जाँच हुनेछ।

जीवनको लामो समय स्वस्थ जीवन बिताएका राष्ट्रकवि घिमिरे गत माघ २४ गतेदेखि अस्वस्थ बनेका थिए। उनी पछिल्लो पटक १२ दिनदेखि धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचारार्थ छन् । घिमिरेको शरीरबाट अझै पनि आन्तरिक रक्तश्राव भइरहेको आशंका उनको उपचारमा संलग्‍न चिकित्सकलाई भएपछि रक्तश्राप कुन भागबाट भइरहेको छ भन्ने पहिचान लागि उनलाई दिल्ली लग्‍ने तयारी गएिको हो।

राष्ट्रकवि घिमिरेलाई अक्सिजनसँगै लैजानु पर्ने भएकाले उनकासाथमा चिकित्सक पनि जानु पर्ने भएको हो। सोमबार सााझ प्रधानमन्त्री केपी ओलीले राष्ट्रकवि घिमिरेलाई भेटेर उनको स्वदेश वा विदेशमा हुने उपचार खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् ।

त्यतिबेला राष्ट्रकवि घिमिरेले आफु सय वर्ष पुग्न पाँच महिना मात्रै बाँकी रहेको त्यो अवसरमा आफुले महाकाव्य लेखेर सक्ने योजना बनाएकोले आफुलाई त्यतिञ्जेलसम्मका लागि बचाइदिन आग्रह गर्दा प्रधानमन्त्री ओली भावुक बनेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रकवि घिमिरेलाई जसरी पनि बचाउने वाचा उनीसँग गरेका थिए।

ग्रान्डी हस्पिटलले पछिल्लो तीन महिनादेखि राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार निःशुल्क गर्दै आएको छ। राष्ट्रकवि घिमिरेकी छोरी उसा अधिकारीका अनुसार बुधबार उनलाई जेट एयरलान्सको जहाजबाट दिल्ली लैजाने तयारी भएपनि समय भने निश्‍चय भइसकेको छैन।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्