Logo
८ बैशाख २०८१, शनिबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गोरे’ पक्राउ परेपछि सुन तस्करी प्रकरणमा धेरै तथ्य फेला र खुलासा

काठमाण्डौ, ८ जेठ : सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि गरिएको सामान्य सोधपुछबाट धेरै तथ्य फेला परेको छानबिन समितिले बताएको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक ईश्वरीराज पौडेलले पक्राउपछि गोरेले सुन तस्कर काण्डबारे अन्य विवरण जानकारी दिएको बताए ।

“गोरेसँग सोधपुछ गर्ने क्रममा अन्य सुचनाहरु पनि प्राप्त भएका छन् । अहिलेसम्म पक्राउ गरिएकाबाहेक अरु व्यक्तिका बारेमा पनि अब गहन अनुसन्धान गर्छौँ ।” पौडेलले भने । “अन्य तथ्य र प्रमाणहरु पनि प्राप्त भएको छ । ति विषयमा पनि गहिराइका साथ अनुसन्धान गर्छौँ ।”

अनुसन्धान निकै जटिल र गम्भीर प्रकृतिको भएको पौडेलको भनाई छ । सार्वजनिक कार्यक्रममा गृह मन्त्रालयका सहसचिवसमेत रहेका पौडेलले सुन तस्कर काण्ड जेरी जस्तै जेलिएकाले गहन अनुसन्धान गर्नुपर्ने बताए । मोरङ जिल्ला अदालतमा नै मुद्दा दायर भएकाले अब गोरेलाई छानविनका लागि मोरङ जिल्ला अदालत पठाइने पौडेलले जानकारी दिए ।

समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको समितिका संयोजक ईश्वरीराज पौडेलले जानकारी दिए । गोरे गौरीघाटमा नै बस्दै आएका थिए ।

हिजो काठमाण्डौ उपत्यका प्रवेश गरेको भन्ने गोप्य सुचनाका आधारमा रातभर प्रहरीले निगरानी राखेको थियो । सुन तस्कर र सनम शाक्य हत्याको मुद्दा संगठित अपराध ऐनअन्तरगत आकर्षित हुने पौडेलको भनाई छ ।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्