Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीको सोनमामा चोरी, कालो मोटरसाइकल सहित तीन चोर समातिए

महोत्तरी, जेठ ८ : सोनमा गाउपालीकामा रहेको विशाल डेरीमा सोमबार राति चोरी भएको छ । सोनमा गाउपालीका १ गोबरहीया टोलमा रामभरोस यादवले संचालन गरेको बिशाल दुध डेरीमा सोमबार राति १२ बजे लाखौं मूल्यबारबरको सरसमान चोरी भएको हो ।

डेरीमा रहेको ३ वटा क्यामेरा लगायत अन्य सरसमानहरु चोरी भएको वडा नंं १ का वडाध्यक्ष अशोक कुमार यादवले जानकारी दिएका छन् । त्यक्रममा गाउँलेले तीन जना चोर पक्राउ गर्न सफल भएका छन् । चोरहरुले प्रयोग गर्ने कालो रगंको ज ७ प ७१३४ नम्बरको अपाचे मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

समातिएका चोर र मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय गौशालामा बुझाएको गाउँलेले जनाएको छ । गाउँलेका अनुसार पक्राउ पर्नेहरुमा सोनमा गाउँपालिका १ का संजय साह, वाडा नं. ३ खखनाका फेकन यादव र सरोज कुमार यादव रहेका छन् । दश दिन अघि सोनमा गाउपालीका २ मा २ वटा घरमा भएको डकैती भएको थियो ।

त्यस क्रममा डाकाहरुले स्थानीय संजिव यादवको घरबाट लाखौ मुल्यबराबरको गरगहना र नगद लुटपाट गर्नुको साथै केहि जनालाई निर्घात कुटपिट गरी गम्भीर घाइते समेत बनाएका थिए ।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्