Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीबाट १ सय ८६ किलो गाँजा, पेस्तोल र डिजिटल तराजु, मोबाईल जफत

महोत्तरी, ८ जेठ : महोत्तरी प्रहरीले ठुलो परिमाणको गाँजा पक्राउ गर्न सफलभएको छ । विशेष सुचनाको आधारमाजिल्लाको एकडारा गाउपालिका वडा नं. ३ अजमरपटटीबाट प्रहरीले छापामारी १ सय ८६ किलो प्याकिंग गरिराखेको तयारी गाँजा समात्न सफलभएको छ भने इटालियन लेखेको होम मेड पेस्तोल र सो मालाग्ने तिन राउण्ड गोली समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले स्थानियनिरन्जन मण्डलको घरवाट चारपोका र खुद्रागाँजागरि छयालिस किलो र रामनन्दन मण्डलको श्रीमतिचुनचुन देवी मण्डलको घरवाट उन्नाईस पोका गाँजा ( १४० किलो) र घर बाहिर वासको डालामा कपडामा वेरेर राखिराखेको ईटालियन लेखेको होम मेडपेस्तोल र त्यसमालाग्ने तिन राउण्ड गोली बरामद गरेको हो ।

साथै डिजिटल तराजु, मोबाईल लगायतका सामग्री समेत जफत गरिएको छ । महोत्तरीमागाँजाको व्यापार वढेको जनगुनासो आए पश्चातमहोत्तरी प्रहरी सकृय हुदै गाँजावारे सुचना संकलनगर्दै गरेको र ठुलो परिमाणमा गाँजाआएको खवर पाए लगतै छापामारी गरि पक्राउ गरेको हो । यतागाँजा फेला परेको घरधनीहरु फरार भएका छन ।

मकवानपुरमागाँजाको खेतीनिर्वाध रुपमाहुने गरेको र सोहि स्थानबाट गाँजाविभिन्नजिल्लाहुदै भारतमा समेत सप्लाई हुने गरेको सुचनाभएपनिपक्राउगर्न नसकेको गुनासोहरु आउने गरेपनिमहोत्तरी प्रहरीले चालु आर्थिक वर्ष मै ८० किलो भन्दामाथीतयारी गाँजापक्राउ गरेर समेत दर्जनौ व्यक्तिलाई मुद्दा समेत चलाई सकेको छ ।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्