Logo
११ बैशाख २०८१, मंगलबार
(May 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाले ६ सिट रहेको इक्वेरल हेलिकप्टर भित्र्याउने

काठमाडौँ : नेपाली सेनाले ६ सिट रहेको इक्वेरल हेलिकप्टर भित्र्याउने भएको छ । हेलिकप्टर खरिद सम्बन्धी सम्झौतामा नेपाली सेनाका मेजर जनरल राजेन्द्र क्षेत्रीको नेतृत्वमा रहेको सेनाको टोली र फ्रान्सेली कम्पनी एयरबस बिच पेरिसमा हस्ताक्षर भएको छ ।

करिब ३० करोड मुल्य बराबरको इक्वेरल हेलिकप्टर आउँदो महिना नेपाल ल्याइने छ । यो हेलिकप्टर किन्नका लागि नेपाली सेनाले फ्रान्सेली कम्पनी एयरबससँग गएको दुई वर्षदेखि छलफल गरिरहेको थियो ।

यस्तै सेनाले अरु दुईवटा हेलिकप्टर पनि तयारी गरिरहेको छ । पहिले इक्वेरल हेलिकप्टर नै ल्याउने भनिए पनि अहिले अरु कम्पनीहरुसँग पनि छलफल भइरहेको सैनिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: May 22, 2018

प्रतिक्रिया दिनुहोस्