Logo
६ बैशाख २०८१, बिहीबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रवक्तामा शैलेश थापा क्षेत्री, डिआइजी नेउपानेलाई महानगरीय प्रहरीको जिम्मेवारी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी शैलेश थापा क्षेत्रीले सम्हालेका छन्। प्रहरी प्रधान कार्यालयले प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा प्रवाह गर्न एसएसपी क्षेत्रीलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रहरी महानिरीक्षकको सचिवालय अन्तरगत रहने गरी उनले प्रहरीका गतिविधिलाई आधिकारिक रूपमा प्रवाह गर्नेछन्।यस अघिका प्रवक्ता डिआइजी मनोज नेउपाने महानगरीय प्रहरी आयुक्त कार्यालयमा सरुवा भएपछि उनको ठाउँमा एसएसपी थापा क्षेत्रीलाई ल्याइएको हो।

यसेबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सोमबारदेखि डिआइजी मनोज नेउपालेले जिम्मेवारी सम्हालेका छन्।गृहमन्त्रीको निर्णय अनुसार नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदस्थापनमा नेउपालेलाई रानीपोखरीको जिम्मेवारी दिइएको थियो।

डिआइजी नेउपानेले जिम्मेवारी सम्हाल्दै जनताको सुरक्षा र सेवाको लागि कानूनको अधिनमा रहेर काम गर्ने बताएका छन्। नेउपानेले यसअघि नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्