Logo
७ बैशाख २०८१, शुक्रबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरबाट मोदी मुक्तिनाथ पुग्दा ओलीको राष्ट्रबाद समाप्त

हेटौंडा, ५ जेठ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व बाणिज्य मन्त्री मिन विश्वकर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद भारतीय प्रधानमन्त्री मोदीको जनकपुरदेखि मुक्तिनाथसम्मको भ्रमणमा समाप्त भएको बताउनुभएको छ ।नेपाली काँग्रेस बाग्मती गाउँपालिकाको आयोजनामा भएको बृहत सभा तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सोमबार बोल्दै केन्द्रीय सदस्य एवं पूर्व बाणिज्यमन्त्री विश्वकर्माले सुरक्षाको नाममा हातहतियारसहितको ३ दर्जनभन्दा बढी भारतीय सुरक्षाकर्मी १५ दिनभन्दा बढी नेपाल र चिनको सिमानामा बस्नुले पनि वलीको राष्ट्रबाद प्रष्टरुपमा देखिएको बताउनुभयो ।

नाकाबन्दीमा १२ हात माथि उफ्रेर कुर्लने वलीले नेपाल सरकारको स्वीकृतिविनानै सुरक्षाको नाममा विदेशी भूमिमा हतियारसहित सेना भित्रन दिनु, सेक्युरिटी चेकजाँच नहुने स्थानमा भारतीय प्रधानमन्त्रीको भ्रमण गर्नु, मुख्यमन्त्रीको अराष्ट्रिय संवोधन, तोडमोड बनाएर राखिएको नेपाली झण्डालगायतले केपी वलीको खोक्रो राष्ट्रबाद छर्लङ्गै देखिएको बताउनुभयो ।

त्यस्तै काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ४८ सालमा काँग्रेसले अरुण तेश्रो बनाउन सुरु गर्न खोज्दा नदी बेच्न लाग्यो भनेर वल्ड बैंकको रकम रद्ध गराउने एमाले आज २७ वर्षपछि आफैंले भारतलाई बुझाउँदा केपी वलीको राष्ट्रबादी चरित्र राम्रैसंग देखिएको बताउनुभयो ।

नेपाली काँग्रेसले बोलेको पूरा गर्ने र ईतिहाँस बनाउने पार्टी भएकाले दुनियाँबाट लोप भएको कम्युनिष्टले नेपालमा बोल्ने मात्रै र केही गर्न नसकेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, दलित, जनजातीको पक्षमा लडेको काँग्रेस ५ वर्ष गाउँगाउँमा पसेर विकास निर्माण काम गर्नुपर्ने बताउँदै बामले निर्वाचनमा बोलेका बाचा र घोषणापत्रका कुरा पूरा गर्छ गर्दैन हेरेर जनतालाई बुझाउन काँग्रेसीहरु लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा र राप्रपाकालगायत विभिन्न पार्टी परित्याग गरी ३८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमूख अतिथि विश्वकर्माले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा निरन्जन राईको अध्यक्षता र क्षेत्रबहादुर वाईबाको उपाध्यक्षतामा २१ सदस्यीय तरुण दल बाग्मती गाउँकमिटि गठन गरिएको छ ।

गाउँपालिका संयोजक फणिन्द्र तिमल्सिनाको सभाध्यक्षमा भएको प्रशिक्षण कार्यक्रममा पार्टी सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार रिता खनाल, संगठन विभाग सचिव भीमसेन महत, जिल्ला सदसय शेरबहादुर लामा, महासमिति सदस्य धर्मराज लामिछाने, क्षेत्रीय सभापति दामोदर खनाल, हेटौंडा नगरसभापति आनन्द पराजुली, पूर्व पार्टी उपसभापति नारायण लम्साल, दलित संघ केन्द्रीय सदस्य पवित्रा वि.क., तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, फापरवारी भक्तबहादुर राई, वाग्मती वडा नम्बर २ अध्यक्ष जगतबहादुर भोलन, समिक्षा विक, टेकबहादुर डिम्डुङलगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्