Logo
७ बैशाख २०८१, शुक्रबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मापदण्ड विपरीतका अस्थायी संरचना हटाउने महानगरपालिकाको निर्णय

पोखरा :  पोखरा लेखनाथ महानगरपालिकाकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ ।महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो ।

मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरेन्द्र पौडेलले जानकारी दिए ।उनका अनुसार सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको कारण हटाउन लागिएको हो । हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा पाँच हजार जरिवाना गरिने निर्णय भएको छ ।

स्थायी संरचना र ग्यारेजहरुले सडक छेउमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या पारेकाले हटाउन लागिएको हो ।बीच सडकमा रहेका १७ वटा पोललाई एक हप्ताभित्र सडक छेउमा सारिने बताउँदै उनले भने , “बीच सडकमा विद्युत्को पोल हुँदा दुर्घटना हुनाका साथै ट्राफिक व्यवस्थापनमा समेत प्रभाव परेको छ ।”

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्