Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाले केन्द्रीय कमिटीलाई पूर्णता दियो, तल्लो तहको एकीकरणका लागि कार्यदल गठन

काठमाडौं : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिर्दै तल्लो तहको एकीकरणका लागि तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।

बालुवाटारमा बसेको बैठकले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिनुका साथै कार्यदलहरु गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संगठनात्मक एकीकरणको प्रक्रिया अगाडि बढाउनलाई विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न नियमावली मस्यौदा कार्यदल गठन गरिएको छ । कार्यदलमा महासचिव विष्णु पौडेल तथा नेताहरु देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा छन् ।

त्यसैगरी संगठनात्मक एकीकरणका अरु काम अघि बढाउन तथा सातै प्रदेश र प्रवासको एकीकरणको लागि सुझाव पेश गर्न पूर्वघटकका इन्चार्ज, संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासको लागि चार/चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

त्यस्तै, जनवर्गीय संगठनको एकीकरणका लागि सम्बन्धित जनवर्गीय संगठनका पूर्व घटकहरुको इन्चार्ज र सम्बन्धित मोर्चाको प्रमुख रहने गरी चार सदस्यीय अर्को कार्यदल गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

तीनवटै कार्यदलको समयावधि १५ दिन तोकिएको छ । बैठकले केन्द्रीय कार्यालय स्थान निर्धारणका लागि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मा दिने निर्णय पनि गरेको छ । अहिले साविकको एमाले कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा दुवैलाई नेकपाको कार्यालय बनाएको छ ।

बैठकले पार्टीको मूल वैचारिक तथा सैद्धान्तिक लाइन छिटै निर्धारण गर्ने र राजनीतिक प्रतिवेदन तथा विधान प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्