Logo
१३ बैशाख २०८१, बिहीबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थाभावका कारण सामुदायिक अस्पतालको एम्बुलेन्स थन्कियो

ललितपुर : अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ । एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए ।

पहिले गैरसरकारी संस्थाले अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको थियो । जिल्ला अस्पताल यहाँ सार्ने सरकारको निर्णयपछि अरु निकायको सहयोग बन्द छ । उनले भने , “एम्बुलेन्सबाट नै उठेको पैसाले पनि नपुग्ने र अरु स्रोत नहुँदा एम्बुलेन्स चल्न छाडेको हो।” एम्बुलेन्स सञ्चालन बापत उठेको रकमले गाडी सञ्चालन खर्च र चालकलाई दिने तलब हुँदै आएको थियो ।झण्डै सात वर्ष पहिलेदेखि एम्बुलेन्स चल्न छाडेको अस्पतालले जनाएको छ ।

एम्बलेन्स नचल्नाले पनि यहाँ आउने बिरामीको संख्या कम भएको छ । पहिले दक्षिण ललितपुरबाट धेरै बिरामी एम्बुलेन्सबाट यहाँ उपचारका लागि आउने गरेका थिए । निर्देशक श्रेष्ठले भने “अन्य निजी अस्पतालको भन्दा यहीको एम्बुलेन्स ग्रामीण क्षेत्रसम्म जाने गरेको थियो ।”एम्बुलेन्स नचल्दा अन्य रोगका बिरामीसँगै प्रसूति सेवा लिने बिरामीको चाप कम भएको छ ।चापागाउँमा नै रहेको अर्को एम्बुलेन्स झण्डै नौ महिना पहिलेदेखि बन्द भएपछि यहाँ एउटा पनि एम्बुलेन्स छैन ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्