Logo
१२ बैशाख २०८१, बुधबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गरेका छन् ।

उनले उक्त निर्वाचनका समयमा आफ्ना विरुद्धमा राजनीतिक रुपमा प्रभावित भएर गरिएको गुप्तचर र घुसपैठका क्रियाकलापहरु भेटिएको भन्दै यसको छानबीन हुनुपर्ने बताएका हुन् ।

अमेरिकाको न्याय मन्त्रालयले पनि राष्ट्रपति ट्रम्पको चुनाव प्रचारको अभियानका क्रममा गैरराजनीतिक निगरानी तथा घुसपैठ गरिएको भन्ने दाबी प्राप्त भएको भन्दै यसमाथि छानबिन गरिने जानकारी यसअघि नै दिएको थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्विट सन्देशमार्फत आफ्नो चुनावी अभियानका बारेमा छानबिन गर्न न्याय मन्त्रालयसमक्ष माग गरेको बताएका थिए ।

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआइ) का प्रतिनिधिहरूले त्यस निर्वाचनका क्रममा राष्ट्रपति ट्रम्पको चुनावी अभियानमाथि अनुचित तरिकाबाट जासुसी गरिएको भन्ने आरोपका विषयमा अनुसन्धान गरिने बताएका छन् ।

त्यस निर्वाचनका क्रममा यस्तो गैरकानुनी काम गरे वा नगरेको भन्ने बारेमा पत्ता लगाउन उक्त कार्यालयले अनुसन्धान थाल्ने योजना बनाएको बताएको छ ।

अमेरिकाका उपमहान्यायाधिवक्ता रड रोजेन्स्टेनले यस्तो कुनै प्रकारको घुसपैठ भएको भन्ने बारेमा अहिले नै केही भन्न नसकिनेभन्दै यदि त्यस्तो भएको प्रमाणित भएमा संलग्नहरुमाथि उचित कारबाही गरिने पनि जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले यसरी आफ्नो ट्वीट अकाउन्टमार्फत नै अनुसन्धान गर्न भनेपछि संघीय अनुसन्धान ब्युरोका एकजना प्रतिनिधिले ट्रम्पका प्रचार प्रसार सहयोगीसँग भेटघाट गरेका थिए ।

यसअघि गतवर्ष अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ मा भएको निर्वाचनको प्रचारका क्रममा उनले रुसका अधिकारीहरुले सहयोग गरेका भनेर समाचार आएको थियो ।

यसरी अमेरिकी निर्वाचनमा रुसी अधिकारीहरुको हस्तक्षेपको बारेमा सन् २०१७ भरि नै अनुसन्धान भएकोमा अहिले आफ्नै निर्वाचनका विरुद्धमा यस्तो जासुसी भएको समाचार आएपछि उनले यसको अनुसन्धान गर्न भनिएको हो ।

एफबीआइका अधिकारीहरूले ट्रम्पको निर्वाचन अभियानका क्रममा रुसी अधिकारीहरुसँग पनि सम्पर्क भएको भन्ने बारेमा पनि केही तथ्यहरु भेटिएको बताएका छन् ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्