Logo
१५ चैत्र २०८०, बिहीबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता सञ्जय दत्तको ‘मुन्नाभाई एमबीबीएस’ पार्ट ३ बन्ने

एजेन्सी: बलिउड अभिनेता सञ्जय दत्तको अत्यधिक मन पराइएको फिल्म हो ‘मुन्नाभाई एमबीबीएस’ । त्यसको सिक्वेलका रुपमा आएको ‘लगे रहो मुन्ना भाई’ पनि उत्तिकै सफल भएको थियो । यी दुवै फिल्मको निर्देशन राजकुमार हिरानीले गरेका थिए । फिल्म हिट भएपछि यसको तेस्रो सिक्वेल पनि आउने चर्चा चलेको धेरै वर्ष भइसक्यो ।

तर, अब बल्ल यसको सुरसार भएको छ । निर्देशक हिरानीले मुन्नाभाईको पार्ट ३ बन्ने कन्र्फम गरेका छन् । एक अन्तरवार्तामा उनले भनेका छन्, ‘हामीले मुन्नाभाईको तेस्रो फिल्म गर्न चाहेका थियौं, र स्क्रिप्ट पनि लेखेका थियौं । तर, स्क्रिप्ट अघिल्ला दुई भागसँग मेल खाइरहेको थिएन ।  अब भने बल्ल भनेजस्तो स्क्रिप्ट प्राप्त भएको छ ।’

सञ्जय दत्त मुन्नाभाईको सिक्वेलबाटै बलिउडमा कमब्याक गर्न चाहन्थे । तर राजकुमार हिरानीले पहिले उनको बायोपिक सञ्जु बनाए । दुवै फिल्मका सहलेखक अभिजात जोशी न्छन्, ‘सबैभन्दा गाह्रो काम भनेको स्क्रिप्ट म्याच गराउनु हो । हामीले अहिले एउटा बिल्कुलै नयाँ आइडिया भेटेका छौ ।’

सञ्जय दत्त मुन्नाभाईको सिक्वेलबाटै बलिउडमा कमब्याक गर्न चाहन्थे । तर राजकुमार हिरानीले पहिले उनको बायोपिक सञ्जु बनाए । अन्तरवार्तामा हिरानीले यससँग जोडिएको एउटा किस्सा पनि सुनाए ।

उनले भने, ‘एकपटक सञ्जय र आमिरसँग भेट भयो । सञ्जयलेउ आमिरलाई भने कि हिरानी मुन्नाभाई नलेखेर मेरो आफ्नै कथा लेखिरहेका छन् । आमिरले मजाक गरे, तिमीले आफ्नो कथा किन बतायौ रु उसलाई त्यो बढि रोचक लाग्यो होला ।’

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्